पहिले कोरोनाभाइरसको खिल्ली उडाएका थिए बेलायती प्रधानमन्त्रीले !

कोरोनाभाइरसले अहिले विश्व आतंकित बनेको छ । यो आतंकको सबैभन्दा ठूलो धक्का अहिले युरोपेली मुलुकमा देखिएको छ । केही समयअघि मात्र युरोपेली युनियनबाट छुट्टिएको बेलायतका लागि यही भाइरसले झन् ‘सक’मा पुर्याउने समाचार ल्याइरहेको छ । 

यसको कारण हो– बेलायती प्रधानमन्त्री यही भाइरसका कारण आक्रान्त भएर अहिले सघन उपचार कक्षमा उपचार गराइरहेका छन् । 

अनि उनलाई विश्वभरका नेताहरुले सुस्वास्थ्यको कामना गर्दै सन्देश पठाइरहेका छन् । 

उता, बेलायतमा उनको अनुपस्थितिमा सरकारको कार्यभार सम्हालेका डोमिनिक राबले पनि भनेका छन्– प्रधानमन्त्रीको स्वास्थ्य यस्तो होला भन्ने हामीले सोचेका थिएनाँै । 

‘यो हाम्रा सबैका लागि पत्याउनै नसकिने समाचार हो,’ मंगलबारको बिफ्रिङमा राबले भने, ‘उनी प्रधानमन्त्री मात्र होइनन्, हाम्रा साथी पनि हुन्, हामी निकट थियौँ, सबै काम सँगै गरिरहेका थियौँ ।’

अनि उनले थप एक लाइन पनि थपेका छन्– मलाई विश्वास छ, उनी छिटै ठिक हुनेछन्, उनले यो भाइरसलाई जित्न सक्नेछन् । 



बेलायती पत्रपत्रिका तथा मिडियाले पछिल्लो समय दिएको जानकारीअनुसार बोरिस अहिले आइसियुमा अक्सिजनको सहारामा छन् । तर, उनलाई भेन्टिलेटरमा राखिएको छैन । फेरि बिर्सनु हुँदैन यस्तो अवस्थाका बिरामीलाई जतिबेला पनि भेन्टिलेटरमा राख्नु पर्ने हुनसक्छ । बेलायतका मुख्य मेडिकल अफिसर प्रोफेसर क्रिस ह्विट्टीले चाहिँ कोरोनाभाइरस सहजै संक्रमण हुनसक्ने भाइरस भएको बताउँदै आएका छन् ।

यो त सबै पछिल्ला कुरा भए । तर, केही अगाडिको कुरामा जाऔँ । 



यो त्यति बेलाको कुरा हो जतिबेला कोरोना भाइरसका कारण इटालीमा पनि सयौँ मानिसहरुको मृत्यु भइसकेको थियो । विस्तारै युरोपका विभिन्न देशले सतकर्ता अपनाउन थालेका थिए । 

तर, बेलायतमा समयमा नै जति सतकर्ता अपनाउनु पर्ने थियो, त्यो हुन सकेको थिएन । 

त्यति बेला बोरिस जोन्सनले आफ्ना भाषणहरमा कोरोनाभाइरसबारे गम्भीर कुरा गर्नुभन्दा पनि बढी यसको खिल्ली उडाएका थिए । एउटा सम्बोधनमा त उनले भनेका पनि थिए– कोरोनाभाइरससँग डराउन मिल्दैन, अहिले म हात मिलाइरहेको छु, मास्क लगाएको छैन, खोइ मलाई कोरोनाभाइरस भएको छैन क्यारे !

उनको यो अभिव्यक्तिलाई त्यति बेला बेलायतमा केही व्यक्तिहरुले आलोचना पनि गरेका थिए । तर, बोरिस जति कोरोनाबारे गम्भीर हुनु पर्ने थियो, त्यो भइरहेका थिएनन् । त्यसैले पनि हुनुपर्छ, बेलायतमा निकै पछि मात्र पबहरु बन्द भएका थिए, मानिसहरुलाई भीडभाडमा भेला हुन कुनै उपाय अपनाइएको थिएन । 

  • प्रकाशित मिति : चैत २५, २०७६ मंगलबार २२:२२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया