कोरोना संकटमा जानकारी नदिई अस्पताल नआएका पाँच डाक्टरमाथि कारवाही

लुम्बिनी प्रादेशिक अस्पतालमा विना जानकारी पछिल्ला १० दिनदेखि अनुपस्थित भएका पाँच चिकित्सकमाथि कारवाही गरिएको छ । उनीहरुलाई अस्पतालले तत्काल सेवाबाट बर्खास्त गरेको जानकारी दिएको छ । 

कोरोनाभाइरस महामारीको समयमा अस्पतालमा काम गर्न नआएका यी पाँचा जना करारका चिकित्सकलाई अस्पताल प्रशासनले कारवाही गरेको हो । 

उनीहरुलाई अस्पताल प्रशासनले हटाएको सूचना जारी गरेको छ । 

नेपालमा पनि कोरोनाभाइरस संक्रमित भेटिन थालेपछि यी पाँच जना चिकित्सकले कुनै जानकारी नै नदिई अस्पताल जान छोडेका थिए । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालको निर्देशनमा उनीहरुलाई कारवाही गरिएको हो । प्रदेशले कोरोना महामारीको समयमा सेवा दिन आनाकानी गर्ने अन्य चिकित्सकलाई पनि कारवाही गर्ने जनाएको छ ।





  • प्रकाशित मिति : चैत २६, २०७६ बुधबार १४:५२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया