स्वास्थ्यकर्मीको तलब कट्टी नगरिएको स्वास्थ्य मन्त्रालयको प्रस्टीकरण

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा स्वास्थ्यकर्मीको तलब कट्टी नगरिएको प्रस्ट पारेको छ । 

मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएका हुन् । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले चिकित्सक र स्वास्थ्यकर्मीको तलब कट्टी नगरिएको बताउँदै उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन् । 

गत चैत ११ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न तहका कर्मचारीले तीनदेखि सात दिनसम्मको तलब कट्टी गरेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा राख्ने निर्णय गरेको थियो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसमा चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब कट्टी नगरिने दाबी गरेको छ । 

मन्त्रालयले यस्तो किसिमको निर्देशन जारी नगरेको डा. देवकोटाले बताए । उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब कट्टी गर्ने निर्देशन जारी गरेको छैन र हालसम्म कट्टी पनि गरिएको छैन ।’ 
 





  • प्रकाशित मिति : चैत २८, २०७६ शुक्रबार १८:३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया