प्रधानमन्त्रीलाई विश्वप्रकाशको कालो झन्डा

काठमाडौं– सरकारले ल्याएका दुई नयाँ अध्यादेशको विरोध सामाजिक सन्जालमा नयाँ स्वरुपमा देखिन थालेको छ । 

कोरोनाभाइरस संक्रमण रोक्नका लागि लकडाउन आह्वान भएकाले हुनुपर्छ, यी दुई अध्यादेशको विरोधमा अभियन्ताहरुले सामाजिक सन्जालमा नयाँ अभियान सुरु गरेका छन् । त्यो हो, प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसको विरोधस्वरुप कालो झन्डा देखाउने । 

अनि यही अभियानमा मिसिएका छन्, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा । 

कालो झन्डालाई आफ्नो ट्विटरमा राख्दै शर्माले लेखेका छन्– लकडाउनले कहाँ छेक्छ र !

अनि उनले प्रधानमन्त्रीलाई मेन्सन गर्दै लेखेका छन्– हेर्नुस् हजारौं कालो झण्डा सामाजिक संजालमा ! जनता कोरोनाको सन्त्राष छन् ,बन्द गर्नोस् सत्ताको खेल !





  • प्रकाशित मिति : वैशाख ९, २०७७ मंगलबार १०:४०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया