अब चीनले भन्यो– एड्स, एचवानएनवान फैलिँदा अमेरिकासँग किन मागिएन क्षतिपूर्ति ?

एजेन्सी– गत वर्षको डिसम्बेर अन्त्यमा पहिलो पटक चीनको वुहान सहरमा देखिएको कोरोनाभाइरसका कारण अहिले विश्व त्रसित भएको छ । यहीबीच अमेरिका र अन्य देशहरुले चीनमाथि आरोप लगाउन पनि थालेका छन् । कतिपय देशका नेताहरुले चीनले यसको क्षतिपूर्ति दिनु पर्ने पनि बताएका छन् । 

अब चीनले पनि यी कुराहरुको जवाफ दिन थालेको छ ।

चीनले एचआइभी तथा एचवानएनवानजस्ता भाइरसहरु फैलिँदा अमेरिकासँग किन कसैले पनि क्षतिपूर्ति मागेन भनेर प्रश्न गर्न थालेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि चीनले कोरोनाभाइरस महामारी नरोकेकाले गम्भीर हुन परेको र चीनले यसको क्षतिपूर्ति दिनु पर्ने बताएका थिए । यही कारण चीनले अब जवाफ दिन थालेको हो । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘सन् २००९ मा एचवानएनवान फ्लूको सुरुवात अमेरिकामा भएको थियो, विश्वका २ सय १४ देशमा फैलिएको थियो । विश्वभर २ लाख मानिसको ज्यान गएको थियो । के कसैले अमेरिकाले मुआब्जा दिनुपर्छ भन्यो ?’ यतिमात्र नभएर सन् ८० को दशकमा नै एचआइभी फैलाएकोमा अमेरिकालाई चीनले निशाना पनि बनाएको छ । ‘सन् १९८० को दशकमा अमेरिकामा एड्स देखियो, विश्व यसका कारण अहिले पनि चिन्तित छ । के कसैले अमेरिकासँग जवाफ माग्यो ?’

 



 



 

 

  • प्रकाशित मिति : वैशाख ९, २०७७ मंगलबार २३:५७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया