काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं– नेपाली काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पछिल्लो समय सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न काङ्ग्रेसले यो बैठक बोलाएको हो । १७ वैशाखका लागि बोलाइएको यो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिको छ ।

बैठक काङ्ग्रेसको केन्द्रीय कार्यालयमा सानेपामा बस्दै छ । 

यसअघि कांग्रेसका ११ जना केन्द्रीय सदस्यहरुले सरकारले गलत काम गरिरहेको र उसले सत्ता चलाउन नैतिक आधार गुमाइसकेको भन्दै केन्द्रीय कार्यसमितिको बैठक बोलाउन आह्वान गरेका थिए ।

कांङ्ग्रेसले बुधबार बोलाएको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुले पनि सरकार निरंकुश हुँदै गएको आरोप लगाएका छन् ।
 





  • प्रकाशित मिति : वैशाख १०, २०७७ बुधबार १९:५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया