जनता समाजवादी संविधान विपरित भन्दै दल दर्ता रोक्न युवा संघका नेताको निर्वाचन आयोगमा पत्र

काठमाडौं– केही दिनअघि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनाउन लागिएको जनता समाजवादी पार्टी संविधान विपरित भएकाले यसको दर्ता रोक्न निर्वाचन आयोगमा नेकपा सम्बद्ध युवासंघका नेताहरुले निर्वाचन आयोगमा पत्र दिएका छन् । 

यो नयाँ दलले सहमति पत्रमा प्रस्ताव गरेको बहु राष्ट्रिय राज्य काम गर्ने भनिएको कुरामा उनीहरुले आपत्ति जनाएका हुन् । संविधानको धारा ३ मा भएको भावनाविपरित यस्तो उद्देश्यसहित दल दर्ता गर्न खोजिएको आरोप लागेको छ ।

यो दलले प्रस्ताव गरेको झन्डा पनि बुर्किना फासोसँग मिल्ने भएकाले यसले परराष्ट्र सम्बन्धमा प्रतिकूल असर गर्ने उनीहरुले दाबी गरेका छन् । 

अधिवत्ता विपिन ढकाल र युवा संघका अमित लामाले यो पत्र निर्वाचन आयोगमा दिएका हुन् । 
 





  • प्रकाशित मिति : वैशाख १४, २०७७ आइतबार १५:४०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया