कोभिड-१९ लाई मध्यनजर गर्दै विश्वस्तरिय एच आर एम सफ्टवेर सित्तैमा

काठमाडौं– प्रिक्सा टेक्नोलोजिजले हालै पोमेलो एचआरएम नामको मानव संसाधन व्यवस्थापन प्रणाली बजारमा ल्याएको छ । प्रिक्साले यस सफ्टवेरको सुरुवातसंगै साइनअप गर्ने सम्पूर्ण युजरलाई ६ महिनाको लागि निस्शुल्क सुविधाहरु उपलब्ध गराउने जानकारी दिएको छ ।

पोमेलो एचआरएम एउटा शक्तिशाली तर सहज मानव संसाधन व्यवस्थापन प्रणाली भएको प्रिक्साको दाबी छ । यो प्रणालीले स्टार्टअपहरुदेखि ठूला कम्पनीहरूमा मानव संसाधन जानकारी र डाटा प्रबन्धनमा उनीहरूको कामलाई अनुकूलन गर्न मद्दत गर्छ । विश्वस्तरिय प्रविधि तथा एआईको प्रयोग हुनु यस सफ्टवेरको मौलिक विशेषता भएको प्रिक्साले जनाएको छ ।

२० भन्दा धेरै कम्पनीहरुलाई सुबिधा दिदै पोमेलो एचआरएमले लकडाउनको यो समयमा धेरै कम्पनीहरुले वर्क फ्रम होम प्रणाली आत्मसाथ गरेको अवस्थामा यस सफ्टवेरले धेरै मद्धत पुर्याएको यसका उपभोक्ताहरुले जनाएको प्रिक्साको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रिक्सा टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत मनिष शर्माको अनुसार यो नयाँ प्रणालीले एचआर डाटाको कुशल व्यवस्थापनको लागि विस्तृत अनुप्रयोग र कार्यक्षमता प्रदान गर्दछ । उनले यस सफ्टवेरले कम्पनीहरुलाई वास्तविक समयमा हाजिरी डाटा अनुगमन गर्न, कार्य ट्र्याकिंग सुविधाहरू मार्फत योजना व्यवस्थापन गर्न, तलब भुक्तानी हिसाब गर्न तथा डाटाको बहुमूल्य अन्तर्दृष्टि र गहन विश्लेषण प्राप्त गर्न सहयोग गर्ने बताए ।

यूजर इन्टरफेस निकै मैत्रीपुर्ण र नेभिगेट गर्न धेरै सजिलो भएकाले यसलाई प्रयोग गर्दा सहज हुने पनि उनले बताएका छन् ।
यसले मानव संसाधन प्रबन्धकहरूलाई कामदारहरू सिर्जना, बिदा व्यवस्थापन, कार्यहरू सिर्जना र व्यवस्थापन, गतिशील पेरोल गणना तथा प्रदर्शन समीक्षाको लागि मूल्यांकन गरी द्रुत गतिमा कम्पनीलाई सञ्चालन गर्न सहयोग गर्छ ।
पोमेलो एचआरएम विभिन्न प्लेटफार्महरुमा डाटा व्यवस्थापन गरी मानव संसाधनहरुलाई कम गर्नको लागि प्रभावकारी समाधान भएको प्रिक्साको दाबी छ । ‘हामी बुझ्दछौं कि हरेक कम्पनी फरक छ र सबैका आ(आफ्नै नीतिहरू छन्, त्यसैले यो सफ्टवेयर तपाईको आवश्यकता र कम्पनीको नीतिअनुसार सजिलै अनुकूलित गर्न सकिन्छ,’ प्रिक्साका प्रमुख अपरेशन अफिसर पारसमणि तिमिल्सिना भन्छन् ।

यस सफ्टवेरको बारेमा थप जानकारीको लागि र आफ्नो कपि निस्शुल्क प्राप्त गर्नको लागि http://pomelohrm.com मा जान सकिने प्रिक्साले जानकारी दिएको छ ।



 



  • प्रकाशित मिति : वैशाख १५, २०७७ साेमबार १:५३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया