डा. भट्टराईसँग लिइएको अन्तवार्ता हटाउँदै रेडियो नेपालले माग्यो माफी

काठमाडौं– रेडियो नेपालले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग लिएको अन्तवार्ता आफ्नो अनलाइनबाट हटाएको छ । पूूर्वप्रधानमन्त्री डा. भट्टराईले अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अशिष्ट’ भाषा प्रयोग गरेको भन्दै सो सामग्री हटाएको हो ।

सोमबार बिहान साढे ६ बजे प्रसारित ‘अन्तरसम्वाद’ कार्यक्रममा डा. भट्टराईले प्रयोग गरेका शब्दलाई लिएर रेडियो प्रसार विकास समिति (रेडियो नेपाल)ले माफी पनि मागेको छ । विकास समितिका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सोमबार विज्ञप्ति जारी गरेर माफी मागेका हुन् ।

आगामी दिनमा अतिथि चयन गर्दा गम्भिर रुपमा सचेत हुने जानकारी गराउँदै विज्ञप्तिमा भनिएको छ, ‘पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अतिथिका रुपमा निम्त्याइएकोमा उहाँले सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुःखी तुल्याएको छ ।’

रेडियो नेपालमा दैनिक प्रसारण हुने कार्यक्रम ‘अन्तरसम्वाद’मा डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई लक्षित गरेर  ‘भष्मासुर’, ‘अपहरणकारी’, ‘हिटलर’जस्ता शब्द प्रयोग गरेका थिए ।

सो अन्तवार्ता रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा. नवराज लम्सालले लिएका थिए । कार्यक्रम प्रत्यक्ष प्रसारण भएकाले सम्पादन गर्न नसकिएको कार्यकारी निर्देशक कार्कीको भनाइ छ ।





  • प्रकाशित मिति : वैशाख १५, २०७७ साेमबार १८:५५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया