कोरोनाभाइरसः बालबालिकामा देखियो फरक लक्षण, बेलायती चिकित्सकहरु 'गम्भीर'

एजेन्सी– बेलायतमा चिकित्सकहरुले कोरोनाभाइरसका कारण बालबालिकामा फरक किसिमका लक्षणहरु देखिएको बताएका छन् । यी लक्षणहरु अरुमा नदेखिएको तर अत्यन्त गम्भीर प्रकारका भएको पनि उनीहरुले जानकारी दिएका छन् । 

यसका साथै लन्डन र बेलायतभर रहेका अस्पतालमा आपतकालीन सन्देशहरु पठाइएको छ । 

बालबालिकामा अरुमा भन्दा ‘विभिन्न अंगमा जलन’ पनि देखिन थालेको बेलायती चिकित्सकहरुले नाएका छन् । 

बिरामी भएर अस्पतालमा भर्ना भएका बालबालिकामा फरक किसिमका लक्षण देखिएपछि बेलायती चिकित्सकहरुले तत्काल चनाखो हुनु पर्ने बताएका हुन् । 

‘पछिल्ला केही दिन मात्र भएको छ, हामीले यस प्रकारका लक्षणहरु देखेका छौँ,’ एनएचएस बेलायतका मेडिकल डाइरेक्टर स्टेफन पोविसले भनेका छन्, ‘र, यसमा हामी गम्भीर भएका छौँ, हामीले यसबारे थप अनुसन्धान सुरु गरिसकेका छौँ ।’
 

 





  • प्रकाशित मिति : वैशाख १६, २०७७ मंगलबार ७:१५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया