गाउँपालिका उपाध्यक्षले लगाइन् कार्यपालिका बैठकमै आफूमाथि दुर्व्यवहार भएकाे आराेप

जुम्लाको हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले आफूमाथि कार्यपालिका बैठकमा दुर्व्यवहार भएको आरोप लगाएकी छिन् ।

उपाध्यक्ष रोकायाले १२ वैशाखमा गाउँकार्यपालिका बैठक चलिरहेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढा र नेकपा जुम्लाका जिल्ला सदस्य अम्मरराज शाहीले दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । गाउँ कार्यपालिकाको बैठककक्षमा राहत वितरणबारे विधिविधानको विषयमा विवाद भएपछि आफूमाथि दुर्व्यवहार भएको उनले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएकी हुन् । उनले दुवैजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत दिएकी छिन् ।

प्रमुख प्रशासकीय अधिकृत बुढा र नेकपा जिल्ला सदस्य शाही दुवैले गाउँ कार्यपालिका बैठकमा विवाद भएको स्वीकार गरेका छन् । बुढाले भने, ‘उपाध्यक्ष रोकाया आफैँले विवाद सुरु गर्नुभएको हो । अहिले आएर अनावश्यक रूपमा दुर्व्यवहारको आरोप लगाउनुभएको छ ।’ शाहीले भने विवादलाई अनावश्यक रूपमा ठूलो बनाउन खोजिएको बताए ।

गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले पनि कार्यपालिका बैठकमा सामान्य विवाद भएको भन्दै उजुरी नै गर्नुपर्ने अवस्था भने नभएको दाबी गरे । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र चन्दले दुर्व्यवहारको उजुरी दर्ता भएको भन्दै प्रहरीले थप अनुसन्धान सुरु गरेको बताए । 





  • प्रकाशित मिति : वैशाख १७, २०७७ बुधबार ५:४२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया