कालिकोटमा वडाध्यक्ष मरणासन्न हुने गरि कुटिए

कालिकोट– कालिकोटको पचालझरना गाउँपालिकाको वडा नम्बर १ का अध्यक्ष रत्नलाल न्यौपानेमाथि कुटपिट भएको छ । उनलाई मरणासन्न हुने गरि कुटपिट गरिएको छ । एम्बुलेन्समा राखेर उनलाई उपचारका लागि कोहलपुरमा रहेको मेडिकल कलेज लगिएको छ । 

उनीमाथि कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ पनि गरेका छन् । स्थानीय युवाहरु जनक, पारस, तीलक, कमल र उमेशलाई प्रहरी हिरासतमा लिइएको छ । 

गाउँमा मन्दिर निर्माणका लागि गठन भएको उपभोक्ता समितिको विषयमा विवाद हुँदा वडाध्यक्षमाथि कुटपिट भएको हो ।

वडाध्यक्ष न्यौपानेको टाउको, नाक, हात र छातीमा चोट लागेको छ ।





  • प्रकाशित मिति : वैशाख १८, २०७७ बिहीबार १३:१२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया