ऋषिको निधनमा सलमानले किन मागे माफी ?

बलिउड अभिनेता ऋषि कपुरको निधन भएसँगै अहिले बलिउड क्षेत्र र बलिउडका कलाकारहरु निकै स्तब्ध भएका छन् । हुन पनि एक दिनअघि मात्र बलिउडले निकै ट्यालेन्टेड अभिनेता इरफान खानलाई पनि गुमाएको थियो । भोलिपल्टै कपुरको निधन पनि खानको जस्तै क्यान्सरका कारण भएको थियो । यी दुई अभिनेतालाई फरक फरक क्यान्सर भएको थियो । 

ऋषिको निधनबारे सबैभन्दा पहिले अर्का अभिनेता अमिताभ बच्चनले ट्विट गरेका थिए । त्यसपछि यो समाचारले सबैलाई स्तब्ध बनायो ।

र, यहीबीच बलिउड अभिनेता सलमान खानले चाहिँ ऋषिसँग माफी मागेका छन् । उनले सामाजिक सन्जालमा ऋषिलाई समवेदना दिँदै गरेको ट्विटमा माफी मागेका हुन् । 

उनले ट्विटरमा लेखेका छन्, ‘रेस्ट इन पिस चिन्तु सर, कहाँ सुना माफ....’

अर्थात् उनले श्रद्धान्जली दिँदै आफूले माफी सुन्न नसकेको बताएका छन् । 

तर, आखिर किन ऋषिसँग माफी मागे त सलमान खानले ?



यो खासमा ऋषिका छोरा रणबीरसँग जोडिएको प्रसंग हो । रणबीरले बलिउडमा डेब्यु नहुँदै सलमान खानले रणबीरलाई झापड हानिदिएका थिए । यो खासमा उनले किन गरेका थिए भन्ने अहिलेसम्म खुलेको छैन ।

यही कुरा रणबीरले आफ्ना बाबु ऋषिसँग सेयर गरेका थिए । यी दुईको झगडामा त्यति बेला सन्जयले रणबीरलाई बचाएको मानिन्छ । त्यसपछि पनि रणबीर र सलमानको सम्बन्ध राम्रो हुनसकेन । बरु सलमान बारम्बार रणबीरसँग रिसाइरहे । 



केही समयमा त यी दुईको बोलीचाली मात्र होइन, एउटै कार्यक्रममा सहभागी हुने क्रम पनि रोकियो । यसको कारण थियो– रणबीरको क्याट्रिनासँगको सम्बन्ध । 

क्याट्रिनासँग पहिले सलमानको अफेयर चलेकाले पनि सलमानले यसलाई सहज लिन सकेका थिएनन् । त्यसैले उनले विभिन्न कार्यक्रममा रणबीर र क्याट्रिना दुवैलाई निकै उडाउँथे पनि ।

यी सब विषयमा जानकार थिए, ऋषि कपुर ।

सलमानका बाबु सलिम खानले पनि सलमानलाई सुझाएका थिए– ऋषि अंकलसँग माफी माग्नु । तर, सलमाने बाबुको यो कुरा कहिल्यै मानेनन् । बरु उल्टै सोनम कपुरको विवाहमा उनले ऋषिलाई इग्नोर गरे ।

त्यसैले हुनपर्छ, सलमानले ऋषिको निधन भएको थाहा पाएलगत्तै ट्विटरमा माफी मागेरै श्रद्धान्जली दिएका छन् ।
 

 

  • प्रकाशित मिति : वैशाख १८, २०७७ बिहीबार १९:५३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया