फ्रेन्च लिग वानले घोषणा गर्‍याे पिएसजीलाई च्याम्पियन

कोरोनाभाइरसका कारण रोकिएको फ्रेन्च लिग वानले अबका खेलहरु रद्द गर्ने निर्णय गरेको छ । योसँगै फ्रान्सको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ला लिगामा यस वर्षका पिएसजीलाई च्याम्पियन घोषणा गरिएको छ ।

यो साताको सुरुवातमा नै फ्रेच्न प्रधानमन्त्री एडुवार्ड फिलिपले सन् २०१९–२०२० को सबै खेलका सबै सिजनहरु रद्द गरेको जानकारी दिएका थिए । 

योसँगै फ्रेन्च फुटबल लिगले अहिलेसम्मको अंकका आधारमा पिएसजीलाई यो सिजनको च्याम्पियन घोषणा गरेको हो । 

पिएसजी लिगमा १२ अंकले अरुभन्दा अगाडि थियो । यसअघि पनि पिएसजीले पछिल्ला आठमध्ये सात लिगमा यो टाइटल जितेको छ ।

यो निर्णयसँगै पिएसजीले यो उपाधि कोरोनाविरुद्ध लडिरहेका फ्रन्टलाइन स्वास्थ्यकर्मी तथा अन्यलाई समर्पित गर्ने जनाएको छ ।

उता, नेदरल्यान्ड्समा चाहिँ यस वर्षको फुटबल सिजन रद्द भएको बताइए पनि कुनै च्याम्पियन घोषणा भएको छैन ।
 



 



  • प्रकाशित मिति : वैशाख १९, २०७७ शुक्रबार ०:१३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया