नवलपरासीमा कार दुर्घटना, एकको मृत्यु

नवलपरासीको बर्दघाटबाट त्रिवेणी जाँदै गरेको कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । कारमा रहेका अन्य दुई जना घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय सेमरीका प्रमुख फोजदार यादवका अनुसार दुर्घटनामा बा १२ च २००९ नम्बरको कारका चालक बर्दघाट–४ शिव कोलोनी निवासी ४४ वर्षीय हरिकृष्ण भुर्तेलको मृत्यु भएको हो । सोही ठाउँका रामप्रसाद पाण्डे र गोकर्ण शर्मा घाइते भएका छन् । 

घाइतेहरुलाई उपचारको लागि भरतपुर अस्पताल लगिएको छ । 
 

 





  • प्रकाशित मिति : वैशाख १९, २०७७ शुक्रबार १०:५३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया