भोलि हुने सचिवालय बैठकको रणनीति तयार गर्न भेटे प्रचण्ड–नेपाल
फाइल तस्वीर ।

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ नेता माधवकुमार नेपाल भेट्न कोटेश्वर पुगेका छन् । 

कोटेश्वरको नेपाल निवासमा भएको यो भेटमा भोलि (२० वैशाख)का लागि बोलाइएको सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न खोजिएको बताइएको छ । 

यो भेटमा यी दुई नेताले नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्तावमा छलफल गरेका छन् । उनीहरुले यसअघि पनि यसबारे छलफल गरिरहेका छन् । 

दुवै नेता ओलीको राजीनामा नै बटमलाइन हुने भन्नेमा छन् ।

यसअघि पार्टीमा जारी विवादबीच प्रधानमन्त्री अ‍ोलीले कोरोना संकट समाधान भएपछि वामदेव गौतमलाई प्रधानमन्त्री र माधव नेपाललाई पार्टीमा तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए ।
 

 





  • प्रकाशित मिति : वैशाख १९, २०७७ शुक्रबार १७:४५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया