२५ वैशाखमा नेकपा स्थायी कमिटी बैठक

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाउने भएको छ । 

शनिबार बालुवाटारमा भएको सचिवालय बैठकमा यो निर्णय गरिएको हो । अब नेकपाको स्थायी कमिटी बैठक २५ वैशाखमा बस्ने भएको छ । 

यसअघि पार्टीमा माधवकुमार नेपाल र अध्यक्ष पुष्पकमल दाहाल समूहले स्थायी कमिटी बैठक बोलाउन माग गर्दै आएका थिए । तर, प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले यसलाई टार्दै आएका थिए । 

यसअघि २० स्थायी कमिटी सदस्यले पनि पत्र लेखेर प्रधानमन्त्री ओलीलाई स्थायी समिति बैठक बोलाउन अनुरोध गरेका थिए । 

तर, दुई अध्यादेश ल्याएर पार्टीमा आलोचना व्यहोरेका प्रधानमन्त्री ओलीले यही विषयमा जवाफ दिनु पर्ने प्रेस थाम्नका लागि यसलाई पछाडि सार्दै आएका थिए । 
 

 





  • प्रकाशित मिति : वैशाख २०, २०७७ शनिबार २०:५७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया