राहतमा वडाध्यक्षले कुहिएको चामल बाँडेपछि गाउँलेले उनकै घर फिर्ता पठाइदिए

पछिल्लो समय लकडाउनका कारण काम गर्न नसकेका व्यक्तिहरुलाई सरकारे विभिन्न राहत उपलब्ध गराउँदै आएको छ । यस्तो राहत स्थानीय तहको संयोजनमा वितरण गर्दै आइएको छ । 

मुगुको सोरु गाउँपालिकामा पनि राहतमा चामल वितरण गरिएको थियो । तर, गाउँपालिकाको ११ नम्बर वडामा वडाध्यक्षले कुहिएको चामल राहतमा वितरण गरेपछि गाउँले मिलेर उनलाई त्यो चामल फर्काइदिएका छन् । 

वडाध्यक्ष अकवर शाहीले दैनिक ज्यालादारी मजदूरी गर्ने मानिसहरुलाई चामल बाँडेका थिए । वडामा २ सय ३४ घरमा ३० केजीका २ सय ५० बोरा चामल वितरण गरिएको थियो ।

चामलको बोरा खोलेर हेर्दा त्यसमा किरा लागेको देखिएको थियो । केही चामल डल्ला परेको थियो । वडाले कुहिएको चामल वितरण गरेपछि स्थानीय आक्रोशित भएका छन् । 
 

 





  • प्रकाशित मिति : वैशाख २२, २०७७ साेमबार १२:१८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया