दाङमा जथाभावी रातभर हिँडडूल गरेपछि पास भएका सवारी पनि चल्न नदिने प्रशासनकाे निर्णय

जिल्ला प्रशासन कार्यालय दाङले बन्दाबन्दीलाई थप कडा गर्न थालेको छ। अत्यावश्यक सवारी साधनबाहेक पास भए पनि कसैका गाडी गुडाउन नदिने निर्णय भएको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले बताए। खड्काका अनुसार पासको बहानामा राति जथाभावी हिँडडुल गर्न लागेको पाइएपछि यस्तो निर्णय गर्नुपरेको हो। 

छिमेकी जिल्ला बाँकेमा कोराना सङ्क्रमित बढेपछि दाङमा बन्दाबन्दीमा कडाइ गर्न थालिएको छ। प्रहरीले शहर बजारमा पासको बहानामा विनाकाम हिँड्नेलाई लाठीसमेत लगाउन थालेको छ। अत्यावश्यक काम नपरी सडकमा हिँड्नेलाई सडकमै दिनभर राख्ने र बेलुकीपख प्रशिक्षण दिएर छाड्ने गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्काले जानकारी दिए। मंगलबार जिल्लामा १८१ जनालाई सडकमै राखी प्रशिक्षण दिएर छाडिएको डिएसपी खड्काले बताए।

यसैगरी जिल्लाका विभन्न स्थानमा गरी ८० सवारी साधनलाई नियन्त्रणमा लिइएको छ।महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेकोे दिनदेखि नै प्रहरीले सवारी साधन नियन्त्रणमा लिने गरेको थियो। रासस





  • प्रकाशित मिति : वैशाख २५, २०७७ बिहीबार ०:३०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया