नेपालमा कोरोना भाइरसको संक्रमण भयावह हुने लक्षण देखिएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसको संक्रमण भयावह हुने लक्षण देखिएको बताएका छन्।

वुद्ध जयन्तिको शुभकामना दिँदै जारी गरिएको भिडियो सन्देशमा उनले नेपालमा समयमै सरकारले उचित कदम चालेकाले अवस्था भयावह भैनसके पनि भयावह हुनसक्ने लक्षणहरु देखिएको बताएका छन्। 'यदि हामी आफ्नो सतर्कता, तयारी र रोकथाममा सबैको समझदारीपूर्ण एक्येवद्धता भएन भने यस महमारीले भयावहरुप लिन सक्दछ। त्यसकारण हामी सजग हुन जरुरी छ', उनले भनेका छन्।

कोरोना भाइरसको महामारीले धुमधामले वुद्ध जयन्ती मनाउन सकिने अवस्था नभएको भन्दै उनले विश्व शान्तिको चाहना तड्पिरहेको छ र वुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक भएर आइरहेको बताएका छन्। प्रधानमन्त्री ओलीले रोल्पामा बम विस्फोटमा परेर ज्यान गुमाएका ४ जना बालबालिका प्रति श्रद्धान्जली अर्पण गरेका छन्।

'कोरोनाले विश्वलाई भयावह र त्रसित बनाएको छ। कोरोनाबाट अमुल्य जीवन गुमाउने प्रति श्रद्धासुमन व्यक्त गर्दुछ। संक्रमितहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु', सन्देशमा भनेका छन्। उनले आज साँझ ७ बजे घर घरमा दीप प्रज्वलन गर्न समेत आग्रह गरेका छन्।





  • प्रकाशित मिति : वैशाख २५, २०७७ बिहीबार १०:८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया