अर्घाखाँचीमा २ सय १४ जना क्वारेन्टाइनमा

अर्घाखाँची जिल्लाभर २ सय १४ जना क्वारेन्टाईनमा रहेका छन् । जिल्ला बाहिर तथा भारत र तेस्रो मुलुकबाट आएका गरी जिल्लाका विभिन्न क्वारेन्टिनमा २ सय १४ जना रहेका छन् । 

जिल्लाको भूमिकास्थान नगरपालिकामा सबैभन्दा धेरै ९३ जना क्वारेन्टिनमा रहेका छन् । नगरका १० वटै वडामा गरी ९३ जना क्वारेन्टिन रहेको भूमिकास्थान नगर प्रमुख रेशम थापाले जानकारी दिए ।  

यस्तै मालारानी गाउँपालिकामा ६१ रहेका छन् । अधिकांश भारतबाट आएका गरी ९३ जना क्वारेन्टिनमा रहेकामा ३२ जनाको आरडिटी परिक्षण गरी घर पठाइएको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए । सन्धिखर्क नगरपालिकामा २७ जना, शितगंगा नगरपालिकामा १५ जना, पाणिनी गाउँपालिकामा ११ जना र छत्रदेव गाउँपालिकामा ७ जना क्वारेन्टिनमा रहेको स्थानीयतह प्रमुखहरुले जानकारी दिएका छन् । 

जिल्लामा १ सय ७८ जनाको (-यापिड टेस्ट¬) आरडिटी परिक्षण गरिएको छ । क्वारेन्टिनमा १४ दिन बिताएका एक सय ७८ जनाको परीक्षण पछी घर पठाइएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिए ।

आरडिटी परीक्षण गरिएकामध्ये एक जनाको परिक्षण पोजेटिभ देखिएको र स्वाब परिक्षणका लागी बुटवल पठाइएकोमा स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको डा. गौतमले बताए ।





  • प्रकाशित मिति : वैशाख २५, २०७७ बिहीबार १२:४३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया