भिसा सकिएका नेपालीलाई फर्किन मलेसियाली सरकारकाे निर्देशन

मलेसियाको अध्यागमन विभागले जनवरी १ तारिखयता आवासीय भिसा समाप्त भएका नेपालीसहित विदेशी कामदारलाई आवागमन नियन्त्रण आदेश (एमओसी) पनि सकिएको १४ दिनभित्र मलेसिया छाड्‍न निर्देशन जारी गरेको छ ।

मलेसियाले भिसासम्बन्धी लिइएको नयाँ नीतिबारे जानकारी दिँदै क्‍वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार त्यस्ता कामदारलाई सिधै टिकट काटेर आफ्नो देश जान अनुमति दिइएको छ ।

मलेसियाको एमओसीमा आगामी मे १२ देखि सकिँदैछ । फिर्ता हुन चाहनेले अध्यागमन विभाग कार्यालयमा थप कागजात वा पास बनाउन आवश्यक नभएको दूतावासले जनाएको छ । उनीहरुले कुनै जरिवाना भने भुक्तानी गर्नुपर्ने छैन ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले डिसेम्बर ३१ भन्दा अगाडि भिसा समाप्त भइसकेका कामदारमाथि भने कारबाही हुने बताए । ‘यो आममाफी होइन’,उनले भने,‘जनवरी १ यताका भिसाको म्याद सकेका कामदारलाई मात्रै स्वदेश फिर्नको लागि सहजीकरण गरिदिएको हो ।’ उनका अनुसार भिसाको म्याद र करार अवधि समाप्त भएर स्वदेश फिर्न चाहनेको संख्या झण्डै ७ हजार छ । दूतावासले यसबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकेको छ ।





  • प्रकाशित मिति : वैशाख २५, २०७७ बिहीबार २२:५६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया