राेल्पामा किट छैन, क्वारेन्टाइनबाट परीक्षण नगरि गाउँ पठाइए राेल्पाली

रोल्पाका क्वारेन्टाइनमा राखिएकालाई स्वास्थ्य जाँचबिनै धमाधम घर पठाइएको छ । बाहिरबाट घर फर्किएकालाई दुई सातासम्म क्वारेन्टाइनमा राखेर घर पठाइएको हो ।

कोरोना भाइरसको संक्रमण भए/नभएकोबारे पत्ता लाउन आवश्यक पर्ने र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किट अभाव भएपछि परीक्षण नगरिएको बताइएको छ । जिल्ला स्वास्थ्य तथा स्थानीय प्रशासनले आरडीटी किट ल्याउन प्रयास गरे पनि सम्भव नभएपछि सोझै घर पठाउनुपरेको जनाएका छन् ।

पटकपटक माग गर्दा पनि सरकारले रोल्पामा आवश्यक संख्यामा आरडीटी किट पठाउन सकेको छैन ।

जनस्वास्थ्य प्रमुख अनिल केसीले भने, 'आवश्यक मात्रामा आरडीटी किट पाउन सकिएन । त्यसैले क्वारेन्टाइनमा बसेकालाई कतिपय स्थानीय तहले घरमा पठाइरहेका छन् । किट नपाउँदा अर्को विकल्प छैन ।’

उनले क्वारेन्टाइनमा राखिएकाको सम्पर्क विवरण राखेर बोलाएका बेला सम्पर्क राख्न आह्वान गरेर घर पठाइएको बताए ।





  • प्रकाशित मिति : वैशाख २६, २०७७ शुक्रबार २०:५१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया