शुक्रबार फेरि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री, राजनीतिज्ञहरु आशंकित
फाइल तस्वीर ।

पछिल्ला केही दिन प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटघाट भएको छ । यी दुईको शुक्रबार अबेर साँझ भेटघाट भएको हो । 

पछिल्लो समय राजनीतिक माहोल तातिरहँदा प्रधानमन्त्री र राष्ट्रपतिबीच भएका यस्ता भेटघाटले राजनीतिज्ञहरुमा आशंका उत्पन्न गराइदिएको छ । यसअघि प्रधानमन्त्रीले आफ्नै चाहनामा ल्याएको दुई अध्यादेश राष्ट्रपतिले तत्काल जारी गरिदिएपछि कुनै राजनीतिक ‘सरप्राइज कदम’ लिन खोजिएको त होइन भन्ने आशंका राजनीतिज्ञहरुमा जाग्न थालेको हो । 

वैशाख यता मात्र प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच आधा दर्जनभन्दा बढी भेटघाट भएको छ । 

शुक्रबार साँझ चाहिँ प्रधानमन्त्री ओली झन्डै आठ बजे राष्ट्रपति निवास पुगेका थिए । उनी रातको ११ बजेमात्र प्रधानमन्त्री निवास फर्किएका छन् । 

पछिल्लो समय सत्तारुढ नेकपाले नै राष्ट्रपतिले पार्टीभित्रको अन्तर्संघर्षमा ओलीलाई साथ दिएको आरोप लगाउँदै आएका छन् । 





  • प्रकाशित मिति : वैशाख २६, २०७७ शुक्रबार २३:१७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया