नेपालमा पनि बढ्यो पिसिआर परीक्षण, एकै दिन १३ सय जनाको परीक्षण

कोरोनाभाइरस संक्रमणको पिसिआर विधिबाट गरिने परीक्षण अब नेपालमा पनि बढेको छ । स्वास्थ्य मन्त्रलायले जनाएअनुसार अब दैनिक नेपालमा १३ सय जनाको पिसिआर विधिबाट परीक्षण हुन थालेको छ । 

पछिल्लो २४ घन्टामा १३ सय १६ जनाको पिसिआर विधिबाट परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका हुन् । उनका अनुसार अब नेपालमा पिसिआरबाट परीक्षण भएकाको संख्या १६ हजार ८ सय ९८ जना पुगेको छ ।

चीनबाट आएका र स्विजरल्यान्डले दिएका किट विभिन्न प्रदेशमा पुगेपछि नेपालमा पिसिआर प्रविधिबाट हुने परीक्षण बढेको छ ।

नेपालमा अहिलेसम्म ११० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । यीमध्ये ७८ जना पुरुष छन् भने ३२ जना महिला । अहिलेसम्म नेपालमा ३० जनाले स्वास्थ्य उपचारपछि कोरोनालाई जितिसकेका छन् ।





  • प्रकाशित मिति : वैशाख २८, २०७७ आइतबार १७:१८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया