प्रधानमन्त्री ओलीलाई प्रश्न– कालापानी र लिपुलेक भनेको के हो थाहा छ ?

कोरोनाभाइरस रोकथामका लागि अहिले नेपालमा लकडाउन जारी छ । कम्तिमा पनि ५ जेठसम्मको यो लकडाउनका कारण अहिले सडक तात्न पाएको छैन । लकडाउन हुँदैनथ्यो भने भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएकाले निकै धेरै युवाहरु सडकमा पुगिसकेका हुन्थे । 

लकडाउन नै भए पनि अब केही दिन यता काठमाडौं र विभिन्न ठाउँमा राँके जुलुस निकाल्न थालिएको छ, प्रदर्शनी हुन थालेको छ ।

एकातिर सडकमा मानिसहरु निस्किन सकेका छैनन् भने अर्कोतिर सामाजिक सन्जालमा भारतको विरोध चर्को रुपमा भइरहेको छ । 

अब यो विरोध विस्तारै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पनि ट्विटरमा खनिन थालेको छ ।

पछिल्लो समय भारतले गरेको अतिक्रमणको विरोधमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मुख खोलेका छैनन् । त्यसो त उनले र नेकपाका अर्का अध्यक्ष प्रचण्डले केही दिनअघि एक संयुक्त विज्ञप्ति पनि निकालेका थिए ।

यस विषयमा सामाजिक सन्जालमा भने केपी शर्मा ओली चुप नै छन्। 



अब सोमबार साँझ ६ बजे ट्विटरमा भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई स्वास्थ्य लाभको कामना गर्दा प्रधानमन्त्रीको ट्विटरमा चर्को आलोचना हुन थालेको छ । 

प्रयोगकर्ताहरुले उनलाई देशको अलिक चिन्ता लिनु पर्ने र भारतीय नेता बिरामी पर्दैमा स्वास्थ्यलाभको कामना गर्न हतार गर्न नहुने सल्लाह दिएका छन् । 



सुदीक्षा भुषाल नामबाट ट्विटर चलाउनले एक प्रयोगकर्ताले लेखेकी छिन्, ‘कति धेरै चिन्ता हो ? देशको पनि अलिअलि चिन्ता लिए हुन्थ्यो नि ! कालापानी र लिपुलेक भनेको के हो थाहा छ तपाईंलाई ?’

त्यस्तै अर्का प्रयोगकर्ता किशोर सुवेदीले प्रधानमन्त्री ओलीलाई जवाफ फर्काएका छन्– भारतका प्रधानमन्त्रीसँग हजुरले बैठक बस्नको लागि दबाब दिनुपर्छ प्रधानमन्त्री ज्यू । तपाईं पछाडि हट्नु भयो भने हाम्रो विश्वास टुट्नेछ । हामी मरे तूल्य हुनेछौँ ।

बिदी सोल्टी नामबाट ट्विटर चलाउनेले लेखेका छन्– ए बुढा, तिम्लाई देशको भन्दा अर्काको देशको नागरिकको चिन्ता किन धेरै ?

यो सामाग्री तयार पार्दासम्म प्रधानमन्त्रीको यो ट््िवटमा १०४ रिट्विट आएको छ । अनि उनलाई मेन्सन गरिएका अधिकांश जवाफमा कालापनी र लिपुलेकबारे वा नेपाली भूमि अतिक्रमणको विषयमा जवाफ दिन आग्रह गर्नेहरु निकै धेरै छन् ।
 

  • प्रकाशित मिति : वैशाख ३०, २०७७ मंगलबार ०:७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया