युरोपमा जारी छ मृत्युको श्रृङ्खला

कोरोनाभाइरसका कारण सबैभन्दा बढी प्रभावित युरोपमा यसका कारण हुने मृत्युमा अझै कमी आएको छैन । 

बुधबार फ्रान्समा कोरोनाभाइरसका कारण ८३ जनाको मृत्यु भएको छ । योसँगै फ्रान्समा अब कोरोनाका कारण २७ हजार ७४ जनाले ज्यान गुमाएका छन् । 

अहिले पनि फ्रान्समा २ हजार ४ सय २८ जना बिरामी आइसियूमा रहेको फ्रेन्च स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । फ्रान्समा पछिल्लो २४ घन्टामा ६९ जनामा कोरोनाभाइरस देखिएको थियो । 

फ्रान्सबाहेक अमेरिका, बेलायत, इटाली र सपेनमा कोरोनाका कारण २७ हजारभभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

बुधबार स्पेनमा १ सय ८४ जनाको मृत्यु भएको छ । योसँगै अब स्पेनमा २७ हजार १ सय ४ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् ।

बुधबार नै इटालीमा १ सय ९५ जनाले ज्यान गुमाएका छन् । अब इटालीमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३१ हजार १ सय ६ पुगेको छ ।



युरोपेली देशमा बेलायतमा सबैभन्दा धेरैले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । त्यहाँ बुधबारमात्र ४ सय ९४ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । योसँगै बेलायतमा मृत्यु हुनेको संख्या ३३ हजार १ सय ८६ पुगेको छ ।



  • प्रकाशित मिति : जेठ १, २०७७ बिहीबार ९:८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया