सत्तारुढ दलकै नेतालाई नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा आशङ्‌का

सत्तारुढ दलकै नेताहरूले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् ।

संघीय संसद् भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममा आफ्नो समर्थन रहेको, तर कार्यक्रम कार्यान्वयनमा चुनौती रहेको बताए । उनले भने, ‘चुनौतीचाहिँ कार्यान्वयनकै छ । मलाई लाग्छ यो कार्यान्वयन गर्न सकियो भने यसले राम्रै गति लिन्छ ।’

नेकपाका सांसद जनार्दन शर्माले कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा पार्ने प्रभावको मूल्यांकन भएपछि मात्रै नीति कार्यक्रमले कस्तो गति लिन्छ भन्ने अनुमान गर्न सकिने बताए । उनले अहिलेको अवस्थामा नीति कार्यक्रम राम्रो आएको, तर कार्यान्वयनमा चुनौती रहेको बताए । 

उनले भने, ‘अहिलेको कोरोनाको महामारीले विश्व अर्थतन्त्रमा पार्ने प्रभाव, त्यसबाट नेपालमा पर्ने प्रभाव अझै कस्तो हुन्छ भन्न सकिँदैन । त्यो प्रभावको समग्र मूल्यांकनपछि यो नीति तथा कार्यक्रमले कस्तो गति लिन्छ भन्ने कुराको अनुमान गर्न सकिन्छ । अहिलेलाई नीति कार्यक्रम हामीले सुन्यौँ, त्यो राम्रो छ । सबै क्षेत्रलाई समेटेको छ, फेरि पनि कार्यान्वयनका चुनौतीहरू हाम्राअगाडि छन् ।’





  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार ६:१७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया