काभ्रेको धुलिखेल अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । उनी सिन्धुपाल्चोक बाह्रबिसेकी हुन् । २९ वर्षीया उनको कोरोनाभाइरस परीक्षण गरिएको छ । तर, यसको रिपोर्ट आइसकेको छैन ।
उनको बिहीबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।
काभ्रेका प्रदेश सभा सदस्य चन्द्र लामाले आफूले पनि यसबारे थाहा पाएको र अस्पतालसँग बुझ्दा उनको रिपोेर्ट नआइसकेको जानकारी पाएको फरकधारलाई जानकारी दिएका छन् ।
टिचिङ अस्पताल महाराजगन्जमा उनी सुत्केरी भएकी थिइन् । त्यहाँबाट घर फर्किएकी उनको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।