कोरोनाका कारण बेलायतमा मात्र ६३ नेपालीको मृत्यु

नेपालमा कोरोनाभाइरसका कारण अहिलेसम्म नेपालीले ज्यान गुमाएका छैनन् । तर, विदेशमा नेपालीहरुले ज्यान गुमाउने क्रम रोकिएको छैन ।

पछिल्लो तथ्यांकअनुसार बेलायतमा मात्र अब ६३ नेपालीले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् । 

नेपाली दूतावासले दिएको जानकारी अनुसार बेलायतमा अहिलेसम्म ५२ पुरुष र ११ नेपाली महिलाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका हुन् । 

दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको संख्या ५२ र गैरसैनिकको संख्या ११ छ ।





  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार १८:३६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया