भारतबाटै आएका हुन् बाँकेका ४७ कोरोनाभाइरस संक्रमित

आज बाँकेमा भेटिएका ४७ जना कोरोनाभाइरस संक्रमित पछिल्लो समय भारतबाट नै आएको खुलेको छ । उनीहरुमध्ये केही भारतबाट केही दिनअघि मात्र आएका पनि छन् । 

नेपालमा लकडाउन पछि र भारतमा लकडाउन अलिक खुकुलो भएपछि नेपाल आइपुगेका उनीहरुलाई विभिन्न क्वारेन्टाइनमा राखिएको थियो । 

नरैनापुरका क्वारेन्टाइनमा रहेका उनीहरुको परीक्षण गर्दा कोरोनाभाइरस संत्रमण भेटिएको हो । क्वारेन्टाइनमा रहेका १ सय ९० जनाको स्वाब परीक्षण गरिएको बताइएको छ ।

नरैनापुरमा नै आइतबार एक २५ वर्षका युवाको क्वारेन्टाइनमा कोरोनाभाइरसका कारण मृत्यु भएपछि उक्त क्षेत्रमा निकै ठूलो त्रास फैलिएको छ ।





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार १८:२३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया