काठमाडौंको अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजमा भर्ना भएकी एक गर्भवती महिलाको कोरोनाभाइरस परीक्षण गर्दा ¥यापिड डायगनोस्टिक टेस्ट (आरडिटी) पोजेटिभ आएको छ । यी महिला आइतबार राति डेलिभरीका लागि अस्पतालमा भर्ना भएकी थिइन् ।
उनको स्वाब पिसिआर परीक्षणका लागि पठाइएको छ ।
महिलाको आरडिटी पोजेटिभ आएपछि उनको सम्पर्कमा आएका चिकित्सकसहित ३० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
नेपाल मेडिकल कलेजले जनाएअनुसार महिलाको शल्यक्रियामार्फत् बच्चा जन्मिएको छ ।
अब नवजात शिशूको पनि स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको छ । रिपोर्ट आएपछि उनको सम्पर्कमा आएका अन्यको पनि पिसिआर टेस्ट गर्ने तयारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।