कालापानी विवाद नेपाल–भारतको विषयः चीन
नेपाल भ्रमणमा रहँदा चिनियाँ राष्ट्रपति सी ।

पछिल्लो समय कालापानीको सीमाबारे भइरहेको नेपाल र भारतको सीमा विवादबारे अब चीनले पनि मुख खोलेको छ । चीनले यो विवाद दुई देशको विषय भएकाले दुई देशले आपसी संवादबाट यसको समाधान गर्ने विश्वास आफूहरुले लिएको बताएको छ ।

गत वर्ष भारतले जम्मुकश्मिरको विशेष राज्यको दर्जा हटाएपछि भारतले आफ्नो राजनीतिक नक्सामा लिपुलेकलाई समावेश गरेपछि नेपालले आपत्ती जनाएको थियो । नोभेम्बर २०१९ को यो घटनापछि चीनले अब आफ्नो बाटो नै नेपाली भूमि अतिक्रमण गरेर बनाएको छ ।

त्यसपछि नेपालले यसको विरोध गर्दै सोमबार मात्र नयाँ राजनीतिक नक्सा जारी गरेको छ । नयाँ नक्सामा लिपुलेक र लिम्पियाधुरालाई पनि पहिलो पटक नेपालको नक्सामा पनि समावेश गरिएको छ ।

यसले भारतलाई राम्रो जवाफ दिइएको छ तर चीनसँग पनि यस विषयमा कुराकानी गर्नु पर्ने आवाज उठेको छ । किनकि चीन र भारतबीच सन् २०१५ मा भएको सम्झौताअनुसार नै यो बाटो बनेको हो ।

तर, चीनले अहिले तत्कालका लागि यो नेपाल र भारतको विषय भएको प्रतिक्रिया दिएको छ । पत्रकार सम्मेलनमा चिनियाँ विदेश मनत्रालयका प्रवक्ता झाओ लिजेनले भनेका छन्, ‘कालापानी मुद्दा नेपाल र भारतको हो, हामी दुई देशले संवादबाट यसको समाधान गर्ने आशा गर्छौँ ।’





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार २०:४३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया