कोरोनाभाइरसः विश्व स्वास्थ्य संगठन पनि अब स्वतन्त्र जाँचका लागि तयार

विश्व स्वास्थ्य परिषद्को बैठकले कोरोनाभाइरस महामारीबीच अब विश्व स्वास्थ्य संगठनको प्रस्तावमा सहमती जनाएको छ । 

वल्र्ड हेल्थ एसेम्बलीको वार्षिक बैठकमा डब्लूएचओका १ सय ९४ सदस्य देशले युरोपेली संघले ल्याएको प्रस्तावमा असहमति जनाएका छैनन् । अब योसँगै कोरोनाभाइरसको उत्पत्ति तथा यसको प्रकृतिबारे स्वतन्त्र जाँच सुरु हुने भएको हो ।

युरोपेली युनियनले अष्ट्रेलिया, चीन तथा जापानसहित १ सयभन्दा धेरै देशसामु स्वतन्त्र जाँचको प्रस्ताव राखेको थियो । 

यसअघि नै विश्व स्वास्थ्य संगठनका प्रमुखले पनि आफूहरु यसमा सहमत भएको बताएका थिए । यही विषयमा पछिल्लो समय चीन र अमेरिकाले एक अर्काको विरोध गर्दै आइरहेका छन् ।





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार २३:५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया