काठमाडौंमा छन् रामेछाप, नवलपरासी र लमजुङका संक्रमित

पछिल्लो समय स्वास्थ्य मन्त्रालयले कोरोनभाइरस संक्रमितको स्थायी ठेगाना दिन थालेपछि संक्रमितहरु कहाँ छन् भन्नेमा निकै अन्यौल कायम हुन थालेको छ । 

स्वास्थ्य मन्त्रालयले दिने जानकारीमा संक्रमितको स्थायी ठेगाना दिइने भएकाले यसमा समस्या पर्दै आएको हो । 

यसले मंगलबार पनि केही जिल्लाहरुमा त्रास फैलाएन मात्र प्रशासनलाई संक्रमित खोज्न पनि समस्यामा पार्यो । 

मंगलबार लमजुङका कोरोनाभाइरस संक्रमित भनिएका व्यक्ति काठमाडौंमा नै रहेको खुलेसँगै अब रामेछाप, नवलपरासीका संक्रमित पनि काठमाडौंमा नै रहेको खुलेको छ । 

रामेछापका पहिलो पटक र नवलपरासीका दोस्रो व्यक्तिमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो ।

रामेछापको खाँडादेवी गाउँपालिकाका एक व्यक्तिले ३० वैशाखमा थ्रोट स्वाब दिएका थिए । उनको परीक्षणको रिपोर्ट मंगलबार आएको हो । 



उनी अहिले काठमाडौंमा नै भएको जानकारी रामेछाप प्रशासनले दिएको छ ।

त्यस्तै, मंगलबार नै नवलपरासीमा एक महिलामा कोरोनाभाइरस संक्रमित भएको पुष्टि भएको थियो । यी महिला पनि काठमाडौंमा नै रहेको खुलेको छ ।



उनी नवलपरासीबाट २९ वैशाखमा काठमाडौं आएको खुलेको छ ।

लमजुङका तीन वर्षीय बालक पनि काठमाडौंमा नै भएको खुलेको छ । 

स्वास्थ्य मन्त्रालयले यसरी संक्रमितबारे जानकारी दिँदा संक्रमित कहाँ छन् भन्ने अन्यौल त पैदा गर्नु मात्र होइन, काठमाडौंमा अहिलेसम्म कतिजना संक्रमित भेटिए भन्नेमा पनि अर्को आशंका उत्पन्न गरेको छ ।

  • प्रकाशित मिति : जेठ ७, २०७७ बुधबार १२:५८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया