भारतमा पनि कटे एक लाख कोरोनाभाइरस संक्रमित

पछिल्ला केही दिन यता एशियामा कोरोनाभाइरसको हटस्पट बनेको छ भारत । भारतमा केही दिन यता प्रत्येक दिन ५ हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिन थालेका छन् । योसँगै एशियामा भारत कोरोनाभाइरसको हटस्पट बनिरहेको छ ।

भारतमा अब कोरोनाभाइरस संक्रमितको संख्या १ लाख १२ हजार ३ सय ५९ पुगेको छ । त्यहाँ पछिल्लो २४ घन्टामा ५ हजार ६ सय ९ जना कोरोनाभाइरस संक्रमित भेटिएका थिए ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ४५ हजार २ सय ९९ जनाले चाहिँ कोरोनाभाइरसलाई जितेका छन् । अनि कोरोनाका कारण त्यहाँ ३ हजार ४ सय ३५ जनाको निधन भएको छ ।

भारतमा अहिलेसम्म सबैभन्दा प्राभवित महाराष्ट्र देखिएको छ। त्यहाँ ३९ हजार २ सय ९७ जना कोरोना संक्रमित भेटिएका छन् र १३९० जनाले ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : जेठ ८, २०७७ बिहीबार ११:१७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया