नेपाली महिलालाई अपमान गरिएको भन्दै अभिनेत्री अनुष्का शर्मालाई ‘लिगल नोटिस’

एजेन्सी । नेपाली समुदायका महिलाहरूलाई अपमान गरिएको भन्दै अभिनेत्री अनुष्का शर्मालाई ‘लिगल नोटिस’ पठाइएको छ । हालै ओटीटी प्लेटफर्ममा रिलिज गरेको वेब सिरिजका कारण उनी विवादमा तानिएकी हुन् ।

सिरिजमा बोलिएको एक संवादका कारण उनलाई उक्त नोटिस पठाइएको हो । वकिल विरेन श्री गुरुङले उनलाई लिगल नोटिस पठाएका हुन् ।

वकिल विरेन गिल्ड र प्रणय राय एन्ड असोसियट्सको चेम्बरका सदस्य हुन् । उलने अनुष्का यस शोकी निर्मात्री भएकाले उनलाई यो नोटिस पठाइएको बताए । 

गोर्खा कम्युनिटीले पनि यो संवादमा आपत्ति जनाउँदै संवाद हटाउन माग गरेका छन् । उनीहरूले १८ मे मा अनलाइन पिटिसनमार्फत उक्त संवादबारे आपत्ति जनाएका हुन् । 

केही नेपाली अभिनेत्रीले पनि सामाजिक सञ्जालमार्फत अनुष्काको यस संवादबारे आपत्ति जनाएका थिए । अभिनेत्री अनुष्काले भने यस विषयमा केही बोलेकी छैनन् । 





  • प्रकाशित मिति : जेठ ८, २०७७ बिहीबार ११:१३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया