नेपालमा कति ठिक भए काेराेनाबाट ?

टेकु अस्पतालमा उपचाररत ४ जना कोरोना मुक्त भएका छन् ।

टेकु अस्पतालमा उपचार गराईरहेका उनीहरुको पछिल्ला रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए । उपचारमा आएको ९ औं दिनमा उनीहरुलाई डिस्चार्ज गरिएको हो। यो सँगै नेपालमा ४९ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।  

आज मात्र थप ९ जनामा कोरोना देखिएको छ। उनीहरु मध्ये १ जना रुपन्देही र ८ जना झापाका रहेका छन्। यो सँगै संक्रमितको संख्या ४५३ पुगेको छ भने ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण ३८ जिल्लामा फैलिएको डा. देवकोटाले बताए ।





  • प्रकाशित मिति : जेठ ८, २०७७ बिहीबार १८:४५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया