मन्त्रिपरिषदको बैठक, संविधान संशोधनको प्रस्ताव

काठमाडौं– प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दै छ। बिहान १० बजे सुरु भएको बैठकले संविधान संशोधनको प्रस्ताव संसदमा प्रस्तुत गर्ने निर्णय गर्न लागेको बताइएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि संसदमा बोल्दै सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउन लागेको जानकारी दिएका थिए ।

सरकारले बुधबार लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ नक्सा जारी गरेको छ। उक्त नक्सा कार्यान्वयनका लागि संविधानमा रहेको निशान छापभित्र रहेको नेपाली नक्सा पनि परिवर्तन गर्नुपर्ने हुन्छ।

संविधानको अनुसूचीमा रहेको सोही निशान छापभित्रको नेपालको नक्सा परिवर्तन गर्न सरकारले प्रतिनिधि सभामा संविधान संशोधनको प्रस्ताव लैजान लागेको हो ।





  • प्रकाशित मिति : जेठ ९, २०७७ शुक्रबार १२:३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया