राष्ट्रपति, प्रधानमन्त्री सहित नेपाली काँग्रेसका सभापति देउवालाई नयाँ नक्सा हस्तान्तरण

नेपाल सरकारले बिहीबार सार्वजनिक गरेको नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा राष्ट्रपति, प्रधानमन्त्री सहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नक्सा हस्तान्तरण गरेकी हुन् ।

त्यसैगरी मन्त्री अर्यालले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिन् ।

गएको जेठ ५ गते बसेको मन्त्रीपरिषद्को बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा स्वीकृत गरेको थियो । मन्त्रीपरिषद्ले नक्सा स्वीकृत गरेपछि बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले औपचारिक रुपमा नक्सा सार्वजनिक गरेको हो ।





  • प्रकाशित मिति : जेठ ९, २०७७ शुक्रबार २०:५८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया