वीरगन्जमा नौ जनाले जिते कोरोना, भए डिस्चार्ज

वीरगन्जमा रहेको नारायणी अस्पतालको आइसोलेसनबाट कोरोनामुक्त भएर ९ जना डिस्चार्ज भएका छन् । केहीअघि भर्ना भएका एक भारतीय नागरिकसहित ९ जना आज निको भएर घर फर्किएका हुन् ।

उनीहरुको पछिल्लो लगातार २ टेस्टमा कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछि मात्र उनीहरुको डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन् ।

शनिबार डिस्चार्ज हुनेमा पर्साका ३ जना, बाराका २ जना, रौतहटका ३ जना र एक जना भारतीय नागरिक रहेका छन् ।

उनीहरुलाई आफन्तको जिम्मा लगाइएको बताइएको छ । यी सबै संक्रमितलाई लिन आएका आफन्तले फूलका गुच्छा लिएर आएका थिए । माला लगाएर उनीहरुलाई अस्पताल बाहिर स्वागत गरिएको थियो । 

उनीहरु १४ वैशाखदेखि २१ वैशाखसम्म विभिन्न दिनमा नारायणी अस्पतालमा भर्ना भएका थिए ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य थियो । कोरोनाभाइरसको कुनै लक्षण उनीहरुमा देखिएको थिएन ।





  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार २२:४५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया