आइतबार काठमाडौं सोह्रखुट्टेका ६९ वर्षका एक पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भयो । उनी दुई महिनाअघि अष्ट्रेलियाबाट नेपाल आएको खुलेको छ । उनी युएई हुँदै ३ चैतमा नेपाल आइपुगेका थिए ।
नेपाल आएपछि उनी घरमै क्वारेन्टाइनमा बसेका थिए । यसअघि उनको परीक्षण हुन पाएको थिएन । यसपटक परीक्षण हुँदा उनमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो ।
उनले वडासँगको सहकार्यमा आफ्नो र पत्नीको परीक्षण गराउनका लागि स्वाब दिएका थिए । उनको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ भने उनकी पत्नीको नेगेटिभ ।
उनमा कोरोना भएको पुष्टि भएसँगै टेकुको आइसोलेसन वार्ड लगिएको छ । नेपालमा यी व्यक्ति तरकारी पसल गएको बुझिएको छ । उनको घरका अन्य सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।