चितवनमा हावाहुरीले रुख ढाल्दा एक जनाकाे मृत्यु

आज आएको हावाहुरी सहितको पानीले आँपटारी–देवघाट सडक छेउको रुख ढल्दा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । ट्रयाक्टरमा सवार पाँच जना मध्ये भरतपुर १२ का २९ बर्षीय रामबहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङले जानकारी दिए ।

अन्य चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले वताए । उनीहरुको अवस्था समान्य रहेको छ । उनीहरु सडक मर्मत गर्ने मजदुर रहेको बुझिएको छ । थप विवरण आउन बाँकी छ ।





  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार २०:४५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया