क्वारेन्टाइन भरियाे, नगरपालिकाले भन्याे— अब राख्न सकिँदैन

सर्लाहीको गोडैता नगरपालिकाले भारतबाट लुकीछिपी आइरहेका व्यक्तिहरूलाई अब भने क्वारेन्टाइनमा व्यवस्थापन गरेर राख्न नसकिने जनाएको छ ।

भारतीय सीमावर्ती क्षेत्रमा पर्ने सो नगरपालिकाले आइतबार सूचना निकालेर नगरभित्रका सबै क्वारेन्टाइनमा क्षमताभन्दा बढी व्यक्तिहरू भर्ना भइसकेकाले अब थप व्यक्तिहरूलाई भर्ना गर्न नसक्ने जनाएको हो । गोडैता नगरपालिकाले विभिन्न छ वटा विद्यालयमा निर्माण गरेको क्वारेन्टाइनमा आइतबार अपरान्ह सम्ममा १७१ जनालाई राखिएको छ ।

अझै पनि भारतबाट थप मानिस आइरहेकाले उनीहरूको व्यवस्थापन गर्न नसक्ने अवस्था आएको नगरप्रमुख देवेन्द्र यादवले बताएका हुन् । 

उनका अनुसार अब भारतबाट आउनेहरुलाई क्वारेन्टाइनमा व्यवस्थापन गरेर राख्न सक्ने अवस्था नै छैन ।

नगरप्रमुख यादवले पर्याप्त सुरक्षाकर्मी नहुँदा भारतबाट अवैध रुपमा आइरहेकाहरूलाई रोक्न र क्वारेन्टाइनको सुरक्षा गर्न समस्या भएकाे गुनासाे गरेका हुन् । 

उनले सङ्क्रमित बढ्दै गएपछि क्वारेन्टाइनमा खाना पकाउने मान्छेसमेत नपाइएको बताएका छन् ।





  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार २२:४४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया