नेपालमा अब कोरोनाभाइरसका कारण चार जनाको मृत्यु भएको छ । वीरगन्जको नेसनल मेडिकल कलेजमा मृत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण चार जनाको मृत्यु भएको पुष्टि भएको हो ।
बाराका ७० वर्षका यी व्यक्तिको ४ जेठमा उपचारका क्रममा निधन भएको थियो । त्यति बेला उनको स्वाब संकलन गरिएको थियो ।
अब उनलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे आधिकारिक पुष्टि गरेको छैन ।
ती वृद्ध क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गराएका थिए ।
तर, कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति वृद्धको मृत्यु भएको थियो ।
अस्पतालले वृद्धको शव परिवारको जिम्मा लगाएपछि मृतकका आफन्तले उनको धार्मिक परम्पराअनुसार नै अन्त्येष्टी गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।