पर्सामा थप २१ जनाले जिते कोरोनाभाइरस, अस्पतालबाट डिस्चार्ज

पर्सामा थप २१ जना कोरोनाभाइरस मुक्त भएका छन् । गण्डक अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका उनीहरु निको भएपछि डिस्चार्ज भएका हुन् ।

उनीहरुलाई अस्पतालले राति नै डिस्चार्ज गरेको हो । 

उनीहरुको बिदाइका लागि वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी पनि पुगेका थिए । अस्पतालका स्वास्थ्यकर्मीहरु र सरावगीले कोरोना जितेका उनीहरुलाई फूलमाला दिएर बिदाइ गरे ।

पछिल्ला दुई कोरोनाभाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

यसअघि पर्सामा आइतबार १८ जना र सोमबार ४३ जनाले कोरोनाभाइरस संक्रमणलाई जितेर फर्किएका थिए । अब यो अस्पतालमा ९ जना संक्रमित उपचाररत छन् ।



उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।



  • प्रकाशित मिति : जेठ १४, २०७७ बुधबार ९:२३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया