दर्शकविना नै बेलायती रंगशालामा नाटक मन्चन हुने

कोरोना महामारीका कारण उत्पन्न भएको अवस्थामा पनि नाटक मन्चन गर्नका लागि बेलायती कलाकार क्लैर फोए र म्याट स्मिथले नयाँ प्रयोग गर्ने भएका छन् । नेटफ्लिक्सको द क्राउनमा अभिनय गरेका यी दुई कलाकारले सामाजिक दूरी कायम गरेर नाटक मन्चन गर्न खोवेका हुन् । 

उनीहरुले अब गत वर्ष नै मन्चन गरेको नाटकमा काम गर्दैछन् । 

यो नाटक गत वर्ष निकै चर्चामा आएको थियो । तर, अब यो वर्ष उनीहरुले खाली थिएटरमा आफ्नो प्रदर्शन गर्नेछन् । जुन प्रदर्शनलाई क्यामेरामा खिचिने बताइएको छ ।

यो रंगशालाले एक हजार टिकट चाहिँ बेच्ने बताएको छ । रंगशाला गम्भीर आर्थिक संकटमा गएको भन्दै यस्तो निर्णय गरिएको हो ।





  • प्रकाशित मिति : जेठ १४, २०७७ बुधबार १८:५९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया