काेराेनाविरुद्ध लड्न सेना परिचालन गर्न कर्णाली प्रदेशले माग्याे अनुमति

कर्णाली प्रदेश सरकारले भारतबाट आउने नागरिकको उद्दार र क्वारेन्टिन व्यवस्थापनका लागि नेपाली सेना परिचालन गर्न संघीय सरकारसँग स्वीकृति मागेको छ ।

कोरोना महामारीबाट प्रभावित र संक्रमित नागरिकको उद्दार र क्वारेन्टिन व्यवस्थापनलगायतका कामका लागि नेपाली सेना परिचालन गर्न संघीय सरकारसँग अनुमति माग गरिएको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।  

‘विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को कारणबाट रोजगारी गुमाएका र महामारीबाट त्रसित भइ भारतबाट ठूलो संख्यामा नेपाली नागरिकहरु स्वदेश फर्किने क्रम जारी रहेको छ,’ सरकारका प्रवक्ता केसीले भनिन्, ‘यसबाट प्रदेशमा महामारी झन् फैलिन थालेको तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सुरक्षा सम्बन्धी अन्य कार्यहरुमा समेत खटिनुपर्ने हुँदा नेपाली सेना परिचालन गर्नका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेका छौं ।’

भारतमा रेल सेवा सुरु भएसँगै रोजगारीका लागि गएका कर्णालीका नागरिकहरु फर्कने क्रम जारी छ ।

कर्णालीमा भारतमा रहेका एक लाख नागरिक भित्रिने अनुमान प्रदेश सरकारले गरेको छ ।





  • प्रकाशित मिति : जेठ १४, २०७७ बुधबार २२:२४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया