संशोधनको पक्षमा मतदान गर्न आतुर छौँः गगन थापा

नेपाल सरकारले जारी गरेको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न ल्याइएको संविधान संशोधन विधेयक बुधबार प्रतिनिधिसभामा पेश गर्ने तयारी थियो । 

तर, अचानक यो विधेयक संसद् बैठकमा पेश भएन ।

त्यसपछि नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले नेपाली काङ्ग्रेसका कारण यो विधेयक पेश नभएको अभिव्यक्ति दिन थाले । 

अब कांग्रेसले पनि यसको खण्डन गरेको छ । कांग्रेस सांसद गगन थापाले आफ्नो पार्टीको कारण विधेयक पेश नभएको भन्ने समाचारमा सत्यता नभएको बताएका छन् ।

उनले यसबारे ट्विटरमा लेखेका छन्– 

संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पर्सी १६ गतेकै कार्यसूचीमा राखियोस्। काँग्रेस संशोधनको पक्षमा छ । कसैले चिन्ता नलिऔँ,कोही भ्रममा नपरौँ । केन्द्रीय समितिको बैठक गर्ने(नगर्ने पार्टीको आन्तरिक प्रक्रियाको विषय हो । हामी काँग्रेसका सांसद संविधान संशोधनको पक्षमा मतदान गर्न आतुर छौँ।





  • प्रकाशित मिति : जेठ १४, २०७७ बुधबार २२:५९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया