के थप खतरानक हुन थालेको हो कोरोनाभाइरस ?

कोरोनाभाइरस अब के म्युटेट हुन लागेको हो वा झन् कमजोर हुँदै गएको हो ? कि यो अब अझ संक्रामक हुँदै गएको छ ? कि कोरोनाभाइरसबारे यो सब भन्ने अहिले नै अलिक छिटो भएको छ ?

यी तीन सम्भावनामाथि पछिल्लो समय खुब लेखिन थालेको छ ।

अनि एक किसिमको निष्कर्ष पनि निकालिएको छ– कोरोनाभाइरस निश्चित रुपमा म्युटेट भइरहेको छ । अर्थात् यो बदलिइरहेको छ । यो चाहिँ सत्य किन पनि हो भने भाइरस सधैं यस्तै गर्छ । 

तर, जे भए पनि अहिले विश्वमा कोरोनाभाइरस थप कहर हुँदै छ ।

अहिलेसम्म वैज्ञानिकहरुले यो भाइरसको जेनेटिक कोड विश्लेषण गरेका छन् । तर, उनीहरुले अहिलेसम्म यो पत्ता लगाउन सकेका छैनन् कि यो भाइरसबारे खास प्रकृति कस्तो छ र यसलाई ल्याबमा प्रकृति थाहा पाएर केही गर्न सकिएको पनि छैन ।

युनिभर्सिटी कलेज अफ लन्डनका डा. लुसी वान डार्पले कोरोनाभाइरसले आफूलाई २ सय विभिन्न प्रकारमा फेर्दै गएको निष्कर्ष निकालेका थिए ।



उनले भनेका छन्, ‘यो भाइरसमा रहेको स्पाइक प्रोटिनबारे अध्ययन गर्दा यस्तो देखिएको हो ।’ भाइरसमा भएको यही प्रोटिनका कारण यो हाम्रो शरीरका कोषिकाहरुमा छिर्छ ।

नटिङहम विश्वविद्यालयका प्रोफेसर जोनथन बलले भनेका छन्, ‘अहिलेसम्म हामीसँग यसबारे कुनै बायोलोजी उपलब्ध भएको छैन । म्युटेसनबारे ध्यान दिनु त साँच्चिकै रोचक हुन्छ । तर, यो अहिले केही थाहा भएका छैन ।’



तर, म्युटेसनबारे बुझ्नु निकै आवश्यक छ । किनकि यहीबाट कोरोनाभाइरस थप खतरानक भएको हो या होइन भन्ने प्रष्ट हुन्छ ।

  • प्रकाशित मिति : जेठ १७, २०७७ शनिबार ०:१६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया